बोलिभियाका बामपन्थी नेताद्वारा मेक्सिकोमा राजनीतिक शरण



बोलिभियामा १४ वर्ष सत्तामा रहेका एभो मोरालेस ल्याटिन अमेरिकाकै इतिहासमा सबैभन्दा बढी समय सत्तामा रहेका नेतामध्ये एक हुन्।

अघिल्लो महिना चुनावमा धाँधली भएका विवादमाझ उत्पन्न विरोध प्रदर्शनका कारण यसै हप्ता उनले राजीनामा दिए। अमेरिकालाई टक्कर दिएर सत्तामा टिकेका यी शक्तिशाली नेताले मेक्सिकोमा राजनीतिक शरण लिन लागेका छन्।

बोलिभियाको पश्चिममा अवस्थित एउटा ग्रामीण आदिवासी परिवारमा मोरालेस जन्मिएका थिए। कोका रोप्ने किसान नेताका रूपमा उनी राजनीति उदाए।

कोकेनको कच्चा पदार्थ कोका हजारौँ वर्षदेखि एन्डिज क्षेत्रमा धार्मिक एवम् लेक लाग्ने रोगको उपचार र हल्का नशा दिने पदार्थका रूपमा प्रयोग गर्ने गरिन्छ।

मोरालेस सन् २००२ मा पहिलो पटक देशका आदिवासी समुदायको पक्षमा शासन गर्ने प्रतिबद्धतासहित राष्ट्रपतिको चुनावमा लडेका थिए। पहिलोपटक उनी विफल भए पनि दोस्रोपटक सन् २००५ को चुनावमा उनी राष्ट्रपति चुनिए।

दशकौँको विभेद र शोषण अन्त्य गर्ने वाचा गरेर सत्तामा आएका उनले नयाँ संविधान ल्याए जसले बोलिभियामा रहेका दर्जनौँ जातीय समूहलाई सम्बोधन गर्न देशलाई धर्मनिरपेक्ष बनायो।

अमेरिकाले कोकाको खेती उन्मूलन गर्न दबाब दिएपनि उनले कोका कृषकको अधिकार सुनिश्चित गर्न र कोका खेतीलाई कानुनी मान्यता कायम राखिराख्न कार्य गरे।

अमेरिकी अधिकारीहरूले राष्ट्रपति मोरालेसले कोकेनको उत्पादन र तस्करी रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउने गरेका छन्। तर मोरालेसले आफूले कोकेनको उत्पादन नियन्त्रणका लागि काम गरेको र धार्मिक एवम् सांस्कृतिक प्रयोजनका लागि सानो परिमाणमा कोका खेती गर्न दिएको अडान लिने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्