बोलिभियाका बामपन्थी नेताद्वारा मेक्सिकोमा राजनीतिक शरण



बोलिभियामा १४ वर्ष सत्तामा रहेका एभो मोरालेस ल्याटिन अमेरिकाकै इतिहासमा सबैभन्दा बढी समय सत्तामा रहेका नेतामध्ये एक हुन्।

अघिल्लो महिना चुनावमा धाँधली भएका विवादमाझ उत्पन्न विरोध प्रदर्शनका कारण यसै हप्ता उनले राजीनामा दिए। अमेरिकालाई टक्कर दिएर सत्तामा टिकेका यी शक्तिशाली नेताले मेक्सिकोमा राजनीतिक शरण लिन लागेका छन्।

बोलिभियाको पश्चिममा अवस्थित एउटा ग्रामीण आदिवासी परिवारमा मोरालेस जन्मिएका थिए। कोका रोप्ने किसान नेताका रूपमा उनी राजनीति उदाए।

कोकेनको कच्चा पदार्थ कोका हजारौँ वर्षदेखि एन्डिज क्षेत्रमा धार्मिक एवम् लेक लाग्ने रोगको उपचार र हल्का नशा दिने पदार्थका रूपमा प्रयोग गर्ने गरिन्छ।

मोरालेस सन् २००२ मा पहिलो पटक देशका आदिवासी समुदायको पक्षमा शासन गर्ने प्रतिबद्धतासहित राष्ट्रपतिको चुनावमा लडेका थिए। पहिलोपटक उनी विफल भए पनि दोस्रोपटक सन् २००५ को चुनावमा उनी राष्ट्रपति चुनिए।

दशकौँको विभेद र शोषण अन्त्य गर्ने वाचा गरेर सत्तामा आएका उनले नयाँ संविधान ल्याए जसले बोलिभियामा रहेका दर्जनौँ जातीय समूहलाई सम्बोधन गर्न देशलाई धर्मनिरपेक्ष बनायो।

अमेरिकाले कोकाको खेती उन्मूलन गर्न दबाब दिएपनि उनले कोका कृषकको अधिकार सुनिश्चित गर्न र कोका खेतीलाई कानुनी मान्यता कायम राखिराख्न कार्य गरे।

अमेरिकी अधिकारीहरूले राष्ट्रपति मोरालेसले कोकेनको उत्पादन र तस्करी रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउने गरेका छन्। तर मोरालेसले आफूले कोकेनको उत्पादन नियन्त्रणका लागि काम गरेको र धार्मिक एवम् सांस्कृतिक प्रयोजनका लागि सानो परिमाणमा कोका खेती गर्न दिएको अडान लिने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्प-बाइडन पहिलो पटक आमनेसामने बहसमा

संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव

कोरोनाविरुद्धको खोपका लागि राष्ट्रसंघद्वारा ३५ अर्ब अमेरिकी डलरको माग

संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन्

रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले ब रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब

रुसले नेपाललाई कोभिडविरुद्धको दुई करोड ५० लाख डोज भ्याक्सिन उपलव्ध गराउने

रुसले नेपाललाई कोभिडविरुद्धको २५ मिलियन(दुई करोड ५० लाख) डोज खोप उपलव्ध गराउने भएको