द्वितीय विश्वयुद्धमा हराएको अमेरिकी पनडुब्बी ७५ वर्षपछि फेला



द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ। यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाई आक्रमणमा परेपछि हराएको थियो।

यसको अवस्थितिका बारेमा जानकारी भएको एक सैन्य काजगपत्र फेला परेपछि सो पनडुब्बी जापानको ओकीनावा नजिकै फेला परेको हो। यसअघिको खोजमा प्रयोग गरिएको अवस्थिति जानकारीमा एउटा अङ्क नभएको कारण यो फेला पर्न सकेको थिएन। पनडुब्बीमा रहेका ८० जना सदस्यको परिवारलाई यो खोजको बारेमा जानकारी दिइएको छ।

सो पनडुब्बीमा रहेका सेना प्याट्रिक किङकी भतिजी क्याथी टेलरले यो खोजले काकाको अध्याय बन्द गरेको बताउँछिन्। “म सानो हुँदादेखि नै कि उहाँको बारेमा पत्ता लगाउन वा खोज जारी राख्न वा उहाँलाई सम्झनामा राखिराख्न चाहान्थे,” उनले एबीसी न्यूजलाई बताइन्।

द्वितीय विश्वयुद्धमा हराएका अमेरिकी पनडुब्बीहरू खोज्ने लस्ट ५२ प्रोजेक्ट नामक अभियानले यूएसएस ग्रेब्याक खोजेको हो। उनीहरूले यसअघि सो पनडुब्बी खोज्न प्रयोग गरिएको जापानी काजगातमा एउटा अङ्क नभएको र त्यसको कारण १६० किलोमिटर पर खोजिएको थापा पाएका थिए।

ड्रोनमा आधारित नयाँ प्रविधि र नयाँ काजगात प्रयोग गरेर खोज टोलीले समुन्द्र सतहबाट १४ सय फिट तल पिँधमा रहेको पनडुब्बी खोजेको हो।

“अमरिकी पनडुब्बी डुबेको स्थानको रूपमा पहिचानह हुनुको मतलब सो स्थानमा खलबल हुने छैन र मृत अमेरिकी सेनाहरू शान्त रूपमा विश्राम गर्न पाउने छन्,” अभियानका संस्थापक टीम टेलरले भने।

द्वितीय विश्वयुद्धमा १४ वटा जहाजहरूलाई डुबाएको यूएसएस ग्रेब्याक हराएका ५२ अमेरिकी पनडुब्बीमध्ये एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ