भारतका केन्द्रीय मन्त्री अरबिन्द सावन्तद्वारा राजीनामा घोषणा



भारतका केन्द्रीय मन्त्री अरबिन्द सावन्तले मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् । उनी शिवसेनाबाट लोकसभाका सांसद हुन् । सावन्त मोदी मन्त्रिमण्डलमा उद्योग मन्त्री हुन् ।

उनले ट्विटमार्फत् राजीनामाको घोषणा गरेका हुन् । यो राजीनामाले शिवसेनाले कंग्रेस र एनसीपीको सहयोगमा महाराष्ट्रको सरकार बनाउन चाहेको देखिएको जनाइएको छ । शिवसेना र भाजपा महाराष्ट्रको विधान सभा निर्वाचनमा मिलेर चुनाव लडेको भएपनि सरकार बनाउने विषयमा विवाद भएको हो ।

भाजपा ठूलो दल भएपनि बहुमत नमिलेपछि शिवसेनासँग मिलेर सरकार बनाउने प्रयास गरको थियो । तर, शिव सेनाले आफूलाई अढाइ वर्ष सम्म मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको थियो ।

भाजपाले सो शर्त अस्वीकार गर्दै आफूले सरकार बनाउन नसक्ने बताएपछि गभर्नर भगतसिंह कोशियारीले दोस्रो ठूलो दल शिवसेनालाई सरकार बनाउन आइतबार मात्रै आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं