बोलिभियाका राष्ट्रपति मोरालेसको राजीनामा



अघिल्लो महिनाको विवादास्पद चुनावबाट पुन निर्वाचित भएका बोलिभियाका राष्ट्रपति एभो मोरालेसले देशमा उत्पन्न तनावका माझ पदबाट राजीनामा दिएका छन्।

आइतबार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अक्टोबर २० तारिखमा भएको चुनावमा धाँधली भएका स्पष्ट प्रमाण आफूहरूले फेला पारेको भन्दै त्यसलाई बदर गर्न माग गरेका थिए।

मोरालेसले ती निष्कर्षहरूसँग आफू सहमत रहेको भन्दै निर्वाचन आयोगमा सुधारका कदमहरू चालेर नयाँ चुनाव गराउने आफ्नो इच्छा रहेको बताएका थिए।

तर देशका नेताहरू र सेना तथा प्रहरीका प्रमुखहरूले उनलाई पद छाड्न सुझाव दिएका थिए। त्यसअघि यसै हप्ताको सुरुमा उनका केही साझेदारहरूमाथि आक्रमण गरिएका थिए र उनीहरूका घरमा आगजनी गरिएको थियो।

टेलिभिजनमार्फत सम्बोधन गर्दै मोरालेसले आफूले राष्ट्रपतिको पदबाट राजीनामा दिने बताए र आन्दोलनकारीहरूलाई आफ्ना दाजुभाइ दिदीबहीनीलाई आक्रमण नर्गन र आगजनी रोक्न आह्वान गरे।

मोरालेससँगै भेनेजुएलाका उपरराष्ट्रपति अलभारो गारसिया लिनेरा र सिनेटका अध्यक्ष एडरियाना सलभाटिराले पनि राजीनामा दिएका छन्। उक्त घोषणासँगै आन्दोलनकारीहरू सडकमा निस्किएर ‘हामी सक्छौ’ भन्दै आतसबाजी गर्दै खुसीयाली मनाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउने

प्रविधिको क्षेत्रमा विकास हुँदै गएका च्याटजीपीटी जस्ता आर्टिफिशल इन्टेलिजन्स(एआई)ले संसारभर ३० करोडभन्दा बढी

आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा