रूसी प्राध्यापकको झोलामा महिलाको हात



सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ।

मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन्।

प्रहरीले उनको घरमा छापा मारेर उनको एक २४ वर्षीय पूर्वविद्यार्थीको क्षतविक्षत शरीर भेटेको थियो। प्राध्यापक सोकोलभ फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ थिए। उनले फ्रान्सको सबैभन्दा सर्वोच्च पदक प्राप्त गरेका थिए।

हत्या गरिएकी महिला सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको भएको बताइएको छ।प्रहरी विज्ञप्तिमा मोइका नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्धार गरिएको र हत्याको आशङ्कामा पक्राउ गरिएको बताइएको थियो।

प्रहरी अधिकृतहरूले समाचार संस्था एएफपीलाई ती व्यक्ति प्राध्यापक सोकोलभ भएको पुष्टि गरेका छन्।सोकोलभले नेपोलियनमाथि थुप्रै पुस्तकहरू लेख्नुका साथै केही फिल्महरूमा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन्।

फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलीटिक्सका सदस्य रहेका सोकोलभलाई शनिवार सो संस्थाबाट हटाइएको छ।”हामीले आतङ्कित भावमा ओलेग सोकोलभ दोषी भएको अपराधको बारेमा थाहा पाएका छौँ,” सो संस्थाले एक विज्ञप्तिमा भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु

नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय

चीनका विदेशमन्त्री भन्छन् -एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्छ

चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग

कुक आइल्याण्डस् र निउलाई अमेरिकी मान्यता

  संयुक्त राज्य अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित साना टापु राज्य कुक आइल्याण्डस्

आर्थिक मामिलामा नियमित छलफल गर्ने चीन र युरोपेली संघबीच सहमति

चीन र युरोपेली सङघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन्