आमहत्यामा संलग्न भएको आरोपमा थाइल्याण्डमा सात विद्रोही लडाकू पक्राउ



थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ । थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा उनीहरु पक्राउ परेका हुन् ।

थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिए ।

स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ । पछिल्लो सैन्य कारबाहीका क्रममा शंकास्पद १३ जना विद्रोही पक्राउ परिसकेका सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता प्रमोत प्रोमिनले आमहत्यामा कम्तीमा ३० देखि ४० जना संलग्न रहेकाले अन्यको खोजी व्यापक बनाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा