बुलबुल समुद्री आँधीबाट बंगलादेश र भारतमा लाखौं प्रभावित



बुलबुल समुद्री आँधीले बङ्गालको खाडीमा आइपुगेपछि भारत र बाङ्ग्लादेशका बीस लाखभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ।

उक्त आँधीले शनिवार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बङ्गालको जमिनलाई छोएको थियो।त्यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आँधीका कारण दुई मानिसहरूको ज्यान गइसकेको छ।

पश्चिम बङ्गाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ। जसमा व्यस्त कोलकाता विमानस्थल समेत छ।

बुलबुलको मार्गमा पर्ने सुन्दरवन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बेङ्गल टाइगर प्रजातिका बाघको बसोबास छ।

बाङ्ग्लादेशको दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थलमा उडानहरू रद्द गरिएका छन्।

बाङ्ग्लादेशको विपत् व्यवस्थापन निकायका सचिव शाह कमलले समाचार संस्था एएफपीलाई बताए अनुसार ५,५०० मानिसहरूलाई सुरक्षित आश्रयस्थल लगिएको छ।

मौसम पूर्वानुमान अधिकारीहरूले उक्त आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर हुने बताएका छन्। बाङ्ग्लादेशको मौसम विभागका अनुसार बुलबुल आँधीका बेला वायुको गति करिब १२० किलोमिटर प्रतिघण्टा पुग्नेछ भने समुन्द्रमा उच्च छाल आउनेछ।

हजारौँ स्वयंसेवीहरूले घरघरै पुगेर आँधीबारे नागरिकहरूलाई सतर्क गराइरहेका छन्।भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीले जमिनमा नहान्दै एउटा ट्विटमार्फत् ‘नआत्तिन’ आग्रह गरेकी थिइन्।

बाङ्ग्लादेशमा यसअघि पनि आँधी आउँदा हजारौँ मानिसले ज्यान गुमाएका थिए तर पछिल्ला वर्षहरूमा पूर्वतयारी गर्दा ज्यान गुमाउनेको सङ्ख्या निकै घट्न पुगेको छ।

आँधीको पूर्वसूचना प्रणालीमा सुधार गरिएको छ जसले अधिकारीहरूलाई मानिसहरू प्रभावित हुने ठाउँबाट हटाउन समय मिल्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्रोहीले पकड जमाउँदै गएपछि म्यान्माको सैनिक सरकार संकटमा

म्यान्माको सत्तारूढ जुन्टाले हालैका हप्ताहरूमा सशस्त्र जातीय मिलिशियाहरू सशक्त ढङ्गले प्रतिरोधमा आउँन थालेपछि

सडक सुधारका लागि श्रीलङ्काले एडिबीसँग ६ करोड अमेरिकी डलर ऋण लिने

श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर

भारतको उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ मजदूरको १७ दिनपछि यसरी गरियो सकुसल उद्दार

बीबीसी । १७ दिनदेखि भारतको उत्तरकाशीस्थित एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ जना

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले