बंगलादेशमा बुलबुल आँधीबाट जोगिन हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह



समुद्री आँधी बुलबुलबाट बच्न बाङ्लादेशका अधिकारीले एक लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन्। शनिवार साँझ बाङ्लादेशको तटीय क्षेत्र आइपुग्ने अनुमान गरिएको आँधीले सात फिट अग्लो छाल ल्याउने ठानिएको छ।

समुन्द्री सतहभन्दा तल रहेका करिब एक दर्जन तटीय जिल्लाहरू उक्त आँधीको बाटोमा पर्ने बताइएको छ। समुद्री बन्दरगाहरू मोङ्ला र चित्तगङलाई उच्च सतर्कतामा राखिएको छ।

बुलबुलले सुन्दरवन नजिकै जमिनमा प्रहार गर्ने ठानिएको छ जुन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बाघ प्रजाती बेङ्गल टाइगरको बसोबास छ।

बाङ्लादेशको मौसम विभागका अनुसार यो आँधी करिब १२० किलोमिटर प्रतिघण्टाका दरले हावा चल्नेछ र समुन्द्रमा उच्च छाल आउनेछ।

हजारौँ स्वयंसेवीहरू घरघरै पुगेर आँधीबारे सतर्क गराइरहेका छन्।

बाङ्लादेशमा यसअघि पनि आँधी आउँदा हजारौँ मानिसले ज्यान गुमाएका थिए तर पछिल्ला वर्षहरूमा पूर्व तयारी गर्दा ज्यान गुमाउनेको सङ्ख्या निकै घट्न पुगेको छ।

आँधीको पूर्वसूचना प्रणालीमा सुधार गरिएको छ जसले अधिकारीहरूलाई मानिसहरू प्रभावित हुने ठाउँबाट हटाउन समय मिल्ने गरेको छ। आँधीबाट प्रभावित हुनेहरूका लागि शिविरहरू पनि बनाइएको छ।

स्थानीय अधिकारीहरूले शिविर बाहेक विद्यालय भवन र मस्जिदलाई पनि मानिसहरू उद्दार गरेर राख्ने ठाउँका रूपमा प्रयोग गर्न आदेश दिइएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

राजतन्त्रको भूमिकाबारे बहस माग गरेका थाई अभियानकर्मीलाई जेल

राजसंस्थाको सरंक्षण गर्ने कानूनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई

नाभाल्नीलाई १९ वर्ष जेल हाल्ने अदालतको फैसलाविरुद्धको अपील अमान्य घोषणा

रूसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीलाई १९ वर्ष जेल हाल्ने अदालतको फैसलाविरुद्ध उनले

युक्रेनमा अमेरिकी अब्रामट्याङ्क ध्वस्त हुने क्रेमलिनको दाबी

क्रेमलिनले युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्याङ्कले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका