अयोध्या विवादबारे भारतको सर्वोच्च अदालतले फैसला सुनाउँदै



भारतीय सर्वोच्च अदालते लामो समयदेखि प्रतीक्षा गरिएको विवादास्पद धार्मिकस्थल अयोध्याबारे शनिवार बिहान फैसला गर्ने भएको छ।

राम मन्दिर-बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरका दिन पूरा भएको थियो।

अधिकारीहरूले शान्तिका लागि आग्रह गरेका छन्। उत्तर प्रदेश राज्यमा हजारौं प्रहरी र अर्ध सैनिक दस्ताहरू तैनाथ गरिएका छन्।हिंशा मच्चिएला भन्ने त्रासकाबीच शुक्रवार सयौँ मानिसहरू गिरफ्तार गरिएका छन्।

अयोध्यामा रहेको १६औँ शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौँदेखि तिक्ततापूर्ण विभाजन रहँदै आएको छ।यसबारे सर्वोच्च अदालतमा वर्षौँदेखि मुद्दा चल्दै आएकोले आजको फैसला ऐतिहासिक हुनेछ।

राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको छ। उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्।तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौँदेखि प्रार्थना गरिरहेको बताउँछन्।

स्थानीय विद्यालय र कलेजहरू बन्द गरिएका छन् र उक्त स्थानमा पुग्ने सडकहरू प्रहरीहरूले कब्जामा लिएका छन्।प्रान्तीय प्रहरी प्रमुख ओमप्रकाश सिंहले रोयटर्स समाचार संस्थालाई बताए अनुसार अदालतको फैसला आउनुअघि सामाजिक सञ्जालहरूमा द्वेष फैलाउने किसिमका सामग्रीहरू राखिन्छन् कि भनेर अनुगमन भइरहेको छ।

उनले भने, “हामी हिन्दू या मुस्लिमले अदालतको फैसलामाथि सार्वजनिक प्रतिक्रिया दिएको सहने छैनौँ।”सरकारी विभागहरूले उत्पन्न हुन सक्ने हिंसा नियन्त्रण गर्न तयारी गरेको बताएका छन्।

नाम उल्लेख गर्न नसक्ने शर्तमा गृह मन्त्रालयका एक अधिकारीले भने, “हाम्रा हरेक सुरक्षा अधिकारीहरू फैसला पछि हुन सक्ने साना देखि ठूला हिंसा समेत नियन्त्रणमा लिन प्रतिबद्ध छन्।””प्रान्तीय सरकारले केही विद्यालयहरूलाई आवश्यक परे अस्थायी जेलका रुपमा प्रयोग गर्ने गरी तयारी गरेका छन्।”

ट्विटरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शान्तिका लागि अपील गर्दै सबैले फैसला स्वीकार गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर र दक्षिण कोरियाबीच पुनः हटलाइन सेवा सुरु

उत्तर तथा दक्षिण कोरियाले दुई देशबीच उच्च राजनीतिक तहमा आपसी कुराकानी गर्ने सोझो

अमेरिकी सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाड्ने

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बताएका

नेतृत्वलाई बदनाम नगर्न अमेरिकालाई चीनको चेतावनी

अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उनको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा

इजरायलद्वारा युएइका लागि पहिलो पटक राजदूत नियुक्त

इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।