ट्रम्पले परोपकारी संस्थाको रकम दुरुपयोग गरेको अदालतको ठहर, २० लाख डलर तिर्न आदेश



परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउन्डेशनको कोष दुरुपयोग गरेको ठहर गर्दै एउटा अदालतले न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानमा ट्रम्पले आफैँले स्थापना गरेको उक्त संस्थाको रकम खर्च गरेको न्यूयोर्ककी एक न्यायाधीशले ठहर गरेकी हुन्।

ट्रम्पको स्वार्थपूर्तिका लागि रकम खर्च गरिएको अभियोग लगाइएपछि ‘द डोनल्ड जे ट्रम्प फाउन्डेशन’ सन् २०१८ मा बन्द गरिएको थियो।

ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेश न्यायाधीश सालियान स्कार्पलाले दिएकी छन्।

ट्रम्प आफूले नै २० लाख डलर तिर्नुपर्ने र त्यो रकम उनीसँग सम्बन्ध नभएका आठवटा परोपकारी संस्थालाई जाने स्कार्पलाको आदेशमा उल्लेख छ।

पूर्वसैनिकहरूका लागि सङ्कलन गरिएको रकम निर्वाचन अभियानका लागि उपलब्ध गराएर ट्रम्पले संरक्षकको कर्तव्य उल्लङ्घन गरेको स्कार्पलाको आदेशमा उल्लेख छ।

अदालतको फैसलालगत्तै न्यूयोर्ककी महान्यायाधिवक्ता लतिशा जेम्सले राष्ट्रपति ट्रम्पका दुई छोरा डोनल्ड ट्रम्प जुनिअर र एरिक ट्रम्प तथा छोरी इभान्का ट्रम्पले परोपकारी संस्थाका पदाधिकारी र निर्देशकहरूको कर्तव्यबारे अनिवार्य रूपमा तालिम लिनुपर्ने बताइन्।

सरकारी अभियोजनकर्ताहरूले अघि बढाएको मुद्दा ट्रम्पले तोकिएको रकम तिरेपछि मात्रै टुङ्गिने बताइएको छ। ट्रम्प र उनका वकिलहरूले भने उक्त मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

राजतन्त्रको भूमिकाबारे बहस माग गरेका थाई अभियानकर्मीलाई जेल

राजसंस्थाको सरंक्षण गर्ने कानूनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई

नाभाल्नीलाई १९ वर्ष जेल हाल्ने अदालतको फैसलाविरुद्धको अपील अमान्य घोषणा

रूसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीलाई १९ वर्ष जेल हाल्ने अदालतको फैसलाविरुद्ध उनले

युक्रेनमा अमेरिकी अब्रामट्याङ्क ध्वस्त हुने क्रेमलिनको दाबी

क्रेमलिनले युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्याङ्कले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका