भारतको तेलङ्गाना राज्यमा सरकारी कार्यालभित्र महिला अधिकारीलाई जिउँदै जलाइयो



दक्षिण भारतीय राज्य तेलङ्गानामा सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको प्रहरीले बताएको छ।

विजया रेड्डी नामक ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमवार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो। उनलाई जोगाउन खोज्ने एक पुरुषको कर्मचारीको मङ्गलवार उपचारका क्रममा मृत्यु भएको छ।

घटनास्थलमा खिचिएको एउटा हृदयविदारक भिडिओमा रेड्डीले गुहार मागेको र कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिएको दृश्य देखिन्छ।

प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ। ती व्यक्तिको शरीर पनि आगोले पोलेको छ। सोमवार दिउँसो १:३० बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो। उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उक्त आक्रमण गरेको प्रहरीको भनाइ छ। रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए।

ती मध्येका गुरुन्नाथामका अनुसार रेड्डीको कार्यकक्षबाट चिच्याएको आवाज आयो तर त्यो भित्रबाट बन्द गरिएको थियो। “उनी जसोतसो ढोका खोल्न सफल भइन् र बाहिर आइन्। हामी अर्का मानिस (सुरेश) लाई तान्न खोज्दैथ्यौँ। उनी भुइँमा ढलिन् र हामीले पत्तो पाउनुअघि नै आगो सबैतिर फैलिसकेको थियो,” उनले प्रहरीलाई बताएका थिए।

पछि गुरुन्नाथमको पनि मृत्यु भयो। तेलङ्गानाको राजधानी हैदराबादभन्दा ३२ किलोमिटर पर उक्त घटना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार शरीर जलेर घाइते भएका सुरेश उक्त सरकारी भवनबाट बाहिर भागे। प्रहरीले उनलाई सडकमा फेला पार्‍यो र अस्पताल लग्यो।

एक वरिष्ठ प्रहरी अधिकारी महेश भागवत्‌का अनुसार प्रहरीले आक्रमणमा एक जना मात्रै वा बढी व्यक्ति संलग्न थिए त्यो पत्ता लगाउन खोजिँदैछ। सन्दिग्ध सुरेश नजिकैको एउटा गाउँका निवासी हुन्। उनको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेका छन्।

उनका पिताले सञ्चारमाध्यमलाई भने, “जग्गा विवादमा एउटा मुद्दा चलिरहेको छ। तर त्यो म र मेरा भाइले हेरिरहेका छौँ। उनी (सुरेश) किन ती अधिकारीलाई भेट्न गए त्यो हामीलाई थाहा छैन।”

घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ