हत्याका अभियुक्तलाई अमेरिकाको साउथ डकोटामा मृत्युदण्ड



अमेरिकी राज्य साउथ डकोटामा एक जनालाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले बताएका छन् ।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदूरको हत्या गरेको पुष्टी भएको थियो । उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए । राइन्सका वकीलहरुले भने समलिङ्गी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए ।

तर साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या

मेक्सिको । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

गाजा । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मंगलबारसम्म गाजापट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको

नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करबाट हात्तीको मृत्यु

कोलम्बो । श्रीलङ्काको एक्सप्रेस ट्रेनमा ठोक्किएर मङ्गलबार एउटा हात्ती मरेको छ र रेल

युक्रेनसहित प्रमुख भन्सार शुल्कसम्बन्धी चिन्ताका साथ जी–७ वित्त नेताहरूको भेला

बान्फ (क्यानाडा)। जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा