इरानद्वारा दैनिक पाँच किलो युरेनियम उत्पादन



इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको घोषणा गरेको छ । दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो ।

सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तिब्र बनाएको छ । इरानले दुई वटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको छ ।

इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तिब्र गतिमा भइरहेको जानकारी दिए ।
इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र

विश्वभरका घरपरिवारले एक दिनमा एक अर्ब डलरको खाना खेर फाल्ने गरेका खुलासा

  विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई