इरानद्वारा दैनिक पाँच किलो युरेनियम उत्पादन



इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको घोषणा गरेको छ । दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो ।

सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तिब्र बनाएको छ । इरानले दुई वटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको छ ।

इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तिब्र गतिमा भइरहेको जानकारी दिए ।
इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने

भारतीय जनता पार्टी (भाजपा) का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि

तेल उत्पादन कटौती गर्ने पुटिनको चेतावनी

राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६०

हाइटीमा भएको हिंसामा १४ सयको मृत्यु

यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा

भारतमा सिलिन्डर विस्फोट हुँदा पाँचजनाको मृत्यु, ५० घाइते

पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा