प्रदूषण बढेपछि दिल्लीमा जोर विजोर प्रणाली लागू



भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान आठ बजेदेखि यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो ।

सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ । दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदुषणलाई रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरविजोर प्रणाली लागू गर्न नागरिकहरूलाई गरेका छन् ।

प्रदूषण एकदमै बढेपछि दिल्लीका विद्यालयमा मंगलबारसम्मका लागि बन्द गरिएको छ भने विद्यालयहरुमा पचास लाख वटा मास्क वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दुकधारीको आक्रमणमा नाइजेरियामा १५ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना

अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित

टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ का गाडी फिर्ता गर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३

सोमाली सेनाको आक्रमणमा अल–शबाबका १५ लडाकुको मृत्यु

सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका