भारत सरकारद्वारा आफ्नो देशको नयाँ नक्सा जारी



भारत सरकारले शनिवार जम्मू-कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलोपटक नयाँ नक्सा जारी गरेको छ। यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो।

त्यहाँको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा भनेको छ: केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला हुनेछन्- करगिल र लेह। बाँकी २६ जिल्ला जम्मू-कश्मीरमा रहनेछन्।

यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन्। भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू-कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ।

५ अगष्ट २०१९ मा भारतीय संसद्‍मा संविधानको धारा ३७० र ३५ ‘ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो। संसद्‍पछि राष्ट्रपतिले ती धाराहरू निलम्बन गर्दै जम्मू-कश्मीर पुनर्गठन कानुनका लागि मन्जुरी दिएका थिए।

सन् १९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए। सन् २०१९ मा सरकारले जम्मू-कश्मीर पुनर्गठन गर्दै १४ जिल्लालाई २८ पुर्‍याएका थिए। नयाँ नक्शाबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी