ट्रम्पविरुद्ध महाभियोग छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित



अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने एउटा प्रस्ताव पारित गरेको छ।

त्यसमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ। संसद्‌मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाहिँ थिएन।

डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे वा नरहेको कुराको यो पहिलो औपचारिक परीक्षण थियो।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मतदानको भर्त्सना गरेको छ। प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो।

हाउस अफ रेप्रेजेन्टेटिभ्सले पारित गरेको प्रस्तावले ट्रम्पका वकिलहरूको अधिकार पनि निर्धारण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी