बग्दादी मारिएको पुष्टि गर्दै इस्लामिक स्टेट समूहद्वारा नयाँ नेता घोषणा



इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल-बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ। आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल-कुरैशी नयाँ नेता घोषित गरिएका छन्।

अमेरिकी विशेष फौजको कारबाहीमा गत शनिवार अल-बग्दादी सिरियामा मारिएका थिए। एउटा छुट्टै कारबाहीमा अक्टोबर २७ तारिखमा समूहका प्रवक्ता अबु अल-हसन अल-मुजाहिर मारिएको पनि आईएसले पुष्टि गरेको छ।

आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल-बग्दादी समूहका नेता घोषणा गरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी