विरोध प्रदर्शनका क्रममा चिलीमा २० जनाको मृत्यु



चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विरोध प्रदर्शनका क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ । कफ्र्यु लगाइएको समयमा ७ हजार १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ ।

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेका थिए । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अष्ट्रेलियाका अन्तर्राष्ट्रिय सीमा जुनसम्म बन्द नै रहने

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि

यौन प्रकरणका कारण मुछिएका कर्नाटकका एक मन्त्रीद्वारा राजीनामा

भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध

इबोला संक्रमणबाट कंगो र गुएनामा ११ जनाको मृत्यु

अफ्रिकी देश कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएका छन् । ती देशमा

अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा