विरोध प्रदर्शनका क्रममा चिलीमा २० जनाको मृत्यु



चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विरोध प्रदर्शनका क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ । कफ्र्यु लगाइएको समयमा ७ हजार १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ ।

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेका थिए । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

टोकियो । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी