ब्रिटेनमा डिसेम्बर १२ तारिखमा आमनिर्वाचन हुने



ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ।

योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ। ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमचुनाव हुनेछ।

निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसद उभिएका थिए। अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गर्‍यो भने त्यो कानुन बन्नेछ। यदि त्यस्तो भयो भने चुनावी प्रचारप्रसारका लागि पाँच हप्ताको समय हुनेछ।

प्रधानमन्त्री जोनसनले मुलुक र ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटबारे ‘निर्णय लिने अवसर’ जनतालाई दिइनुपर्ने बताएका छन्।

आमनिर्वाचनले ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्‌मा जारी गतिरोधलाई अन्त्य गर्ने प्रधानमन्त्रीको विश्वास छ।

प्रधानमन्त्री जोनसनले ब्रक्जिट प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका निम्ति सिङ्गो देश एकसाथ उभिन आवश्यक भएको बताए। ब्रेक्जिटलाई लिएर पार्टीबाट विद्रोह गरी निस्केका २१ मध्ये १० जना कन्जरभेटिभ सांसदलाई उनले पार्टीभित्र फर्काएका छन्।

अब उनीहरू कन्जरभेटिभ उम्मेदवारका रूपमा चुनावमा उठ्न पाउने छन्। प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भनेका छन्, “मुलुकलाई रुपान्तरण  गर्न र निहित स्वार्थलाई पन्छाउनका निम्ति यो निर्वाचन एउटा पुस्ताले पाउने एउटा अवसरजस्तै हो।”

उनले ‘अहिलेसम्म मुलुकले नदेखेको परिवर्तन ल्याउनका निम्ति आफ्नो पार्टीले एकदमै महत्त्वाकाङ्क्षी र फरक किसिमको चुनावी अभियान चलाउने’ बताए।

मङ्गलवारको महत्त्वपूर्ण मतदान प्रक्रियामा एक सयभन्दा बढी लेबर सांसदहरूले सहभागिता जनाएनन् अथवा प्रक्रियाबाट आफूहरूलाई अलग राखे। एघार जनाले विपक्षमा मतदान गरे। कोर्बिनसहित १२७ जना लेबर सांसदले निर्वाचन गराउने विधेयकको पक्षमा मतदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस

दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा कम्तिमा ५४ जनाको मृत्यु

खान युनिस । दक्षिणी गाजाको खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा ५४

रुबियो र अन्य शीर्ष नाटो कूटनीतिज्ञहरू सम्भावित युक्रेन–रूस वार्ताअघि टर्कीमा भेट गर्दै

अन्टाल्या (टर्की) । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उनका नाटो समकक्षीहरू बिहीबार टर्कीमा