बेलायतमा छिटो निर्वाचनका लागि लेबर पार्टीको समर्थन



ब्रिटेनमा निर्धारित समय अगावै आगामी डिसेम्बर महिनामा आमनिर्वाचन हुने सम्भावना बलियो बन्दै गएको छ। प्रमुख विपक्षी लेबर पार्टीले पनि डिसेम्बर महिनाका लागि प्रस्तावित आमनिर्वाचनका लागि आफ्नो समर्थन रहने बताएपछि त्यस्तो सम्भावना बढेको हो।

मंगलबार प्रधानमन्त्री बोरिस जोनसनले देशमा समय अगावै आमनिर्वाचन गर्ने प्रस्ताव पारित गराउन चौथो प्रयास गर्दैछन्। यसअघि आमनिर्वाचन सम्बन्धी उनका सबै प्रस्ताव सांसदहरूले अस्वीकार गरिदिएका थिए।

अब प्रधानमन्त्री जोनसनले एक-पाने विधेयक मार्फत आउँदो १२ डिसेम्बरमा आमनिर्वाचन गर्ने प्रस्ताव गर्नेछन् जुन विधेयक पारित हुन यसअघि जस्तो दुई तिहाइ सांसदहरूको समर्थन आवश्यक पर्दैन। प्रधानमन्त्री कार्यालयका समाचार स्रोतहरूका अनुसार विपक्षी दलहरू सहमत भएमा डिसेम्बर ११ को मिति पनि सरकारलाई मान्य हुन सक्छ।

इयूले ब्रेक्जिटको समयसीमा लम्बाउन सहमति जनाएपछि विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बिनले नो-डिल ब्रेक्जिट अर्थात विना कुनै सहमति ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्भावना अब नरहेको भन्दै आफ्नो दलले शीघ्र निर्वाचनकालागि समर्थन जनाउने बताएका छन्।

तर उनले केही समयपछि सरकारले संसदमा प्रस्तुत गर्ने यससम्बन्धी विधेयकलाई उनले समर्थन गर्छन् की गर्दैनन् भन्ने चाहिँ स्पष्ट पारेका छैनन्। ब्रिटेनको संसदका अन्य विपक्षी दलहरू एसएनपी र लिबरल डिमोक्र्याटहरूले आगामी ९ डिसेम्बरमा निर्वाचन हुनुपर्ने माग गरिरहेका छन्।

ति पार्टीहरूका अनुसार उक्त मितिमा निर्वाचन भएमा त्यसबाट बोरिस जोनसनलाई निर्वाचन अगावै संसदबाट उनको ब्रेक्जिट योजना अघि बढाउनबाट रोक्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही