ब्रिटेनमा डिसेम्बर १२ मा आमनिर्वाचन गराउने प्रस्ताव अस्वीकृत



ब्रिटेनको तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको छ।

प्रधानमन्त्री बोरिस जोनसनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए। संसद्‌मा भएको मतदानमा पक्षमा २९९ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो।

प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४३४ मत आवश्यक थियो। मतदानअघि संसद्‌मा बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसनलाई विश्वास गर्न नसकिने बताएका थिए।

यसअघि युरोपेली सङ्घका नेताहरूले ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी जनवरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति जनाएका थिए।

यसको अर्थ पहिले भनिँदै आएजस्तो आउँदो बिहीवार अक्टोबर ३१ तारिखमा ब्रिटेन युरोपेली सङ्घबाट अलग हुने छैन। युरोपेली परिषद्‌का अध्यक्ष डोनल्ड टुस्कले यसरी लम्बाइएको समयसीमालाई लचिलो प्रकृतिको भएको भन्नलाई ‘फ्लेक्सटेन्सन’ भनेका छन्।

जसको अर्थ युकेको संसद्‌ले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्ने बित्तिकै उक्त नयाँ निर्धारित समयसीमाभित्र जुनसुकै समयमा पनि ईयूको सदस्यता परित्याग गर्न सक्नेछ। यसअघिको समयसीमा अनुसार संयुक्त अधिराज्यले आउँदो विहीबार ईयूबाट अलग हुनुपर्ने थियो।

तर नयाँ ब्रेक्जिट प्रस्तावमा ब्रिटेनको संसद्‌मा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री बोरिस जोनसन त्यसका लागि समयसीमा लम्बाउन ईयूलाई अनुरोध गर्न बाध्य बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा