जनवरीसम्म थपियो ब्रेक्जिटको समयसीमा



युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने समयावधि जनवरीको अन्त्यसम्म थप गर्ने पुष्टि गरेका छन्।

एउटा ट्वीट गर्दै उनले निर्णयलाई लिखितरूपमा औपचारिकता दिइने बताए। युरोपेली सङ्घ इयूका राजदूतहरू उक्त निर्णयमा अन्तिम रूप दिन ब्रसल्समा छलफल गरिरहेका छन्।

जनवरी३१ को समयसीमाबारे ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अनिच्छुक थिए तर संसद्‍को निर्णयका कारण उनी त्यस्तो अनुरोध गर्न बाध्य भए।

तर इयूबाट ब्रिटेन बाहिरिने विषयमा प्रधानमन्त्री जोनसनले संसद्‍को समर्थन पाए त्यसअघि नै पनि बाहिरिन सक्ने बताउने ठानिएको थियो।

यो प्रस्तावबारे पुन: वार्ता हुन नसक्ने कानुनी प्रावधान पनि हुनसक्ने बताइएको छ। हाउस अफ कमन्सले प्रधानमन्त्रीको डिसेम्बर १२ तारिखमा आम निर्वाचन गराउने प्रस्तावलाई अस्वीकार गर्ने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ