भारतकी ९९ वर्षीया ‘योग हजुरआमा’ को निधन



भारतकी सबभन्दा धेरै उमेरकी योग शिक्षिका भी नानाम्मलको दक्षिणी राज्य तमिल नाडुस्थित कोइम्बतोर नगरमा आफ्नै घरमा निधन भएको छ।उनी ९९ वर्षकी थिइन्। केही महिना अघिसम्म पनि उनले दैनिक सयौँ विद्यार्थीहरूलाई योग सिकाइरहेकी थिइन्।

कृषक परिवारमा जन्मिएकी उनलाई उनको बुवाले योग सिकाएका थिए। उनले योगका ५० भन्दा धेरै आसनहरूमा महारथ हासिल गरिन्। उनले दश लाखभन्दा धेरैलाई योग सिकाइन्। उनका सयौँ विद्यार्थीहरू अहिले योग प्रशिक्षकका रूपमा विश्वभर कार्यरत छन्।

स्नेहपूर्ण रूपमा उनलाई ‘योग हजुरआमा’ भनिन्थ्यो। उनलाई भारतमा गैरसैनिकहरूलाई दिइने सबभन्दा उच्चमध्येको उपाधि पद्मश्रीबाट विभूषित गरिएको थियो।

पछिल्ला वर्षहरूमा उनी युट्युबमा प्रख्यात भएकी थिइन्। प्राय: गुलाबी रङ्गको सारी लगाउने उनले युट्युबमा कठिन लाग्ने योगासनहरूको प्रदर्शन गरिरहन्थिन्।

एक साताअघि उनी आफ्नो खाटबाट लडेकी थिइन्। त्यसपछि उनको स्वास्थ्य बिग्रँदै गएको उनका परिवारजनले बताएको पीटिआइ समाचार संस्थाले जनाएको छ।

सन् २०१७ मा बीबीसी न्यूजसँग बोल्दै नानाम्मलले आफ्नो स्वस्थ जीवनको मूल कारण आफ्नो दैनिक योगअभ्यास रहेको बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका