आगलागीका कारण क्यालिफोर्नियाका लाखौं मानिस विद्युत आपूर्तिबाट बञ्चित हुने



अग्नि नियन्त्रकहरूले क्यालिफोर्नियाका जङ्गलमा सल्किएका आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिसहरू बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी दिइएको छ।

“ठूलो हावाहुरी” आउने पूर्वानुमानबीच प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकले क्यालिफोर्निया राज्यका ३६ वटा काउन्टीहरूमा विद्युत आपूर्ति बन्द गर्ने स्थिति आउन सक्ने बताएको छ।

त्यो हावाहुरीले विद्युतीय पूर्वाधारमा क्षति पुर्‍याउँन सक्ने र नयाँ स्थानमा आगलागी गराउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

तीव्र गतिको हावा-हुन्डरी चल्दै गर्दा विभिन्न वनमा आगो सल्किएपछि क्यालिफोर्नियाका करिब ५०,००० मानिसहरू घर छोडी सुरक्षित स्थानमा जान बाध्य भइसकेका छन्।

लस एन्जलस र सोनोमा काउन्टीमा आपत्‌काल घोषणा गरिसकिएको छ। क्यालिफोर्नियाको अग्नि नियन्त्रण गर्ने निकायले त्यो राज्यमा अहिले “आगलागी हुने मौसमी अवस्था” उत्पन्न भएको बताएको छ।

गभर्नर ग्याभिन न्युसोमले विद्युत आपूर्ती गर्ने निकायले पर्याप्त काम गर्न नसकेको बताए।  उनले “वर्षौँ वर्षदेखिको लोभ लालच” र “वर्षौँ वर्षदेखिको अव्यवस्थाका कारण” पछिल्लो स्थिति उत्पन्न भएको भन्दै प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पीजी एन्ड ई) को कडा आलोचना गरेका छन्।

त्यो कम्पनीले सम्भाव्य खराब मौसमका कारण आफ्ना ८ लाख ५० हजार उपभोक्ता अन्तर्गतका करिब २० लाख सेवाग्राही शनिवारदेखि सोमबारसम्म बिजुली आपूर्ति बन्द हुने अवस्थाका लागि तयार रहन आग्रह गरेलगत्तै उसको आलोचना भएको हो।

एक वक्तव्यमा पीजी एन्ड ईले भनेको छ, “पीजी एन्ड ईले विनाशकारी हावा हुरी आउन सक्ने भएकोले केही घन्टासम्म बिजुली आपूर्ति बन्द गर्नु पर्न सक्छ।”

त्यो मौसमी अवस्था दशकौँपछिको खराब हुन सक्ने बताउँदै उसले ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्काहरू उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

ओस्लो । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार