उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाथ



सिरियाको उत्तरमा रहेको अलेप्पो र उत्तरपूर्वी हासाका प्रान्तका सडकहरूमा दुई हजारभन्दा बढी सैनिक तैनाथ गरिएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् । सिरियाली सेनाले पाँच बर्ष पहिले उक्त स्थानबाट पछि हटेको थियो ।

राजमार्गमा तैनाद सिरियाली सैन्य एकाइहरूलाई रूसी सैन्यबलको साथ रहेको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । बेलायतस्थित उक्त मानवअधिकार समूहले भनेको छ, “सिरियाली कुर्दहरूसँग टर्की र रूसले केही दिन पहिले गरेको सहमति कार्यान्वयन गराउन राजमार्गको एम–फोर सडकका विभिन्न क्षेत्रमा उक्त सैन्य बल तैनाथ गरिएको छ ।”

टर्कीले अक्टोबर ९ तारिखमा सिरियाली कुर्दहरूलाई सीमा क्षेत्रबाट हटाउने उद्देश्यसाथ गरेका हवाई तथा स्थल आक्रमणका कारण ठूलोे सङ्ख्यामा कुर्दहरूको मृत्यु भएपछि रूसको पहलमा टर्कीसँग उक्त सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेशावरमा भएको आत्मघाती विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका बेला भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु

भारतका टीभी च्यानलले हरेक दिन कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक

चीनद्वारा अमेरिकी अधिकारीहरूलाई एक चीन नीति पालना गर्न आग्रह

चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न

आत्मघाती विस्फोटमा परी पाकिस्तानमा कम्तीमा २८ जनाको मृत्यु, १५० घाइते

पाकिस्तानी सहर पेशावरमा भएको बम विस्फोटमा परी कम्तीमा २८ जना जनाको मृत्यु भएको