उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाथ



सिरियाको उत्तरमा रहेको अलेप्पो र उत्तरपूर्वी हासाका प्रान्तका सडकहरूमा दुई हजारभन्दा बढी सैनिक तैनाथ गरिएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् । सिरियाली सेनाले पाँच बर्ष पहिले उक्त स्थानबाट पछि हटेको थियो ।

राजमार्गमा तैनाद सिरियाली सैन्य एकाइहरूलाई रूसी सैन्यबलको साथ रहेको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । बेलायतस्थित उक्त मानवअधिकार समूहले भनेको छ, “सिरियाली कुर्दहरूसँग टर्की र रूसले केही दिन पहिले गरेको सहमति कार्यान्वयन गराउन राजमार्गको एम–फोर सडकका विभिन्न क्षेत्रमा उक्त सैन्य बल तैनाथ गरिएको छ ।”

टर्कीले अक्टोबर ९ तारिखमा सिरियाली कुर्दहरूलाई सीमा क्षेत्रबाट हटाउने उद्देश्यसाथ गरेका हवाई तथा स्थल आक्रमणका कारण ठूलोे सङ्ख्यामा कुर्दहरूको मृत्यु भएपछि रूसको पहलमा टर्कीसँग उक्त सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा