जापानमा १८ लाख डलरको हीरा चोरी



जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो ।

यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएपनि दुई

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०

बर्डफ्लूबाट मोन्टेभिडियोमा चार सय जलचरको मृत्यु

  बर्ड फ्लू लागेर उरुग्वेको  समुद्री तटमा चार सयभन्दा बढी सिल र सि

वम विष्फोटमा परी पाकिस्तानमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ