फलफूल उपहार दिएको आरोप लागेपछि जापानी मन्त्रीको राजीनामा



जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन्। इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए।

उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको छ।जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ।

साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए।जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो।

सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो।सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन्।

“म मेरो समस्याको कारणले संसद्‍मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,” सुगावाराले बताए।प्रधानमन्त्री सिन्जो अबेले भने: “उनलाई नियुक्त गरेको जिम्मेवारी म लिन्छु। म जापानी नागरिकहरूसँग माफी चाहन्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्रोहीले पकड जमाउँदै गएपछि म्यान्माको सैनिक सरकार संकटमा

म्यान्माको सत्तारूढ जुन्टाले हालैका हप्ताहरूमा सशस्त्र जातीय मिलिशियाहरू सशक्त ढङ्गले प्रतिरोधमा आउँन थालेपछि

सडक सुधारका लागि श्रीलङ्काले एडिबीसँग ६ करोड अमेरिकी डलर ऋण लिने

श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर

भारतको उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ मजदूरको १७ दिनपछि यसरी गरियो सकुसल उद्दार

बीबीसी । १७ दिनदेखि भारतको उत्तरकाशीस्थित एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ जना

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले