रुसी फौजहरू टर्की-सिरिया सीमामा तैनाथ



सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी फौजहरू टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन्। सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र मन्बिजमा प्रवेश गरिसकेका छन्।

कुर्द लडाकुहरूलाई सो क्षेत्रबाट फिर्ता गराउने र सीमाबाट ३० किलोमिटर पर उनीहरूका अस्त्र पुर्‍याउने कार्यमा रूसी सैनिकले सघाउने बताइएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनबीच मङ्गलवार भएको सहमतिले कुर्द लडाकुहरूलाई फिर्ता हुनका लागि बुधवार मध्याह्नबाट १५० घण्टाको समय उपलब्ध गराएको हो।

टर्कीका फौजहरूले भने कुर्दविरूद्धको सैन्य कारबाहीमा कब्जामा लिएका क्षेत्रहरू आफ्नो नियन्त्रणमा राख्नेछन्। टर्कीको एउटा योजना सीमावर्ती भेगमा एउटा ‘सुरक्षित क्षेत्र’ बनाउनेछ जहाँ टर्कीमा रहेका बीस लाख शरणार्थीलाई पुनर्स्थापित गर्न सकिनेछ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक

नाइजेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र

युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ