लण्डन नजिकै ट्रकभित्र ३९ जनाको शव फेला, उत्तरी आयरल्याण्डका युवक पक्राउ



बेलायतको लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ जनाको शव फेला परेको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको थाहा भएको छ ।

प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेका प्रहरीले जनाएको छ ।

घटनामा सम्लग्नता रहेको आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले पक्राउ गरेको छ । उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको विश्वास गरिएको छ ।

प्रहरीले ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक

नाइजेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र

युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ