अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनमाथि दबाव



आफ्ना एक राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धान गर्ने प्रतिबद्धता युक्रेनले व्यक्त गरेपछि मात्र अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने सर्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राखेको बयान अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले दिएका छन्।

निमित्त राजदूत बिल टेलरले ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनका आफ्ना सम्भावित प्रतिद्वन्द्वी भूतपूर्व उपराष्ट्रपति जो बाइडनमाथि युक्रेनले अनुसन्धान गरोस् भन्ने चाहेको आफूलाई बताइएको जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने विषयमा भइरहेको छानबिनका क्रममा युक्रेनका लागि अमेरिकी राजदूत बिल टेलरले बयान दिएका हुन्। उनले अमेरिकाको घरेलु राजनीतिक कारणले युक्रेनसँगको कूटनीतिक सम्बन्धलाई आधारभूत रूपमै ध्वस्त पारिएको बताए।

युक्रेनसँगको नीतिमा कुनै लेनदेन नभएको ट्रम्पको दाबी छ। यसअघि ट्रम्पले युरोपेली सङ्घका निम्ति अमेरिकी राजदूतलाई कङ्ग्रेसले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए।

संसद्‌मा हालै लिएका बयानहरूबारे प्रतिक्रिया जनाउँदै ह्वाइट हाउसकी एक प्रवक्ता स्टेफनी ग्रिशमले विज्ञप्तिमा भनिन्, “राष्ट्रपति ट्रम्पले केही पनि गलत गरेका छैनन्। यो अतिवामपन्थी सांसदहरू र निर्वाचित नभएका उग्र कर्मचारीले गरेको संयोजित भ्रामक अभियान हो।” टेलर गत जुन महिनामा युक्रेनका लागि अमेरिकी दूत बनेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।