सिरियामा फेरि सैन्य कारबाही थाल्ने टर्कीको चेतावनी



टर्कीका राष्ट्रपतिले युद्धविराम अन्त्य हुनुअघि कुर्दिश लडाकुहरू सीमाक्षेत्रबाट नहटेमा उत्तर-पूर्वी सिरियामा पुनः सैन्य कारबाही थाल्ने चेतावनी दिएका छन्।

राष्ट्रपति रेजेप तय्यीप एर्दोआनका अनुसार मङ्गलवार राति १० बजेसम्म १३ सय वाइपीजी लडाकुहरूअझै फर्किनुपर्नेछ।

टर्कीको फौज र उसका साझेदार सिरियाली विद्रोही लडाकुहरूले सिरियामा ३२ किलोमिटरसम्मको सुरक्षित क्षेत्र बनाउन भन्दै अक्टोबर नौ तारिखमा आक्रमण सुरु गरेका थिए। तर अमेरिकाको आग्रहमा गत हप्ता एर्दोआनले सैन्य कारबाही रोक्न लगाए।

विगत चार वर्षयता सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन फौजले वाइपीजीसँग साझेदारी गरेको थियो।

तर टर्कीमा स्वायत्तताका लागि सङ्घर्षरत एउटा कुर्दिश लडाकुसँग जोडिएको भन्दै टर्की सरकारले वाइपीजीलाई आतङ्कवादी सङ्गठनको रूपमा लिँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रबाट अमेरिकी फौजलाई फर्कन आदेश दिएपछि टर्कीले सैन्य कारबाही थालेको थियो। ट्रम्पको आदेशको अमेरिकी सांसदहरूले चर्को आलोचना गर्ने गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार विगत दुई हप्ताभित्र उत्तर-पूर्वी सिरियामा ८० हजार बालबालिकासहित एक लाख ७६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकै ‘गरिब राष्ट्रपति’ उरुग्वेका जोसे मुजिकाको निधन

बीबीसी । ‘पेपे’ भनेर चिनिने उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा

बेलायतमा तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

लन्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत

राष्ट्रसङ्घीय शान्ति पहललाई मजबुत पार्न वित्तीय योगदान अपरिहार्यः महासचिव गुटेरेस

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूलाई राष्ट्रसङ्घको शान्ति स्थापनासम्बन्धी

साउदी अरब र अमेरिकाले गरे १४२ अर्ब डलरको हतियार सम्झौता

बीबीसी । अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलर बराबरको हतियार सम्झौता भएको