इजरेलमा नयाँ सरकार गठन गर्न नेतान्याहु विफल



इजरेलमा लामो समय सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूले सरकार गठन गर्न नसकेको बताउँदै उक्त मौका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई दिएका छन्।

गएको दशक शक्तिमा रहेका नेतान्याहु गत सेप्टेम्बरमा भएको चुनावमा स्पष्ट बहुमत ल्याउन विफल भएका थिए।नेतान्याहुका प्रतिद्वन्द्वी ब्लु एण्ड ह्वाइट पार्टीका बेनी ग्यान्ट्सलाई सरकारमा ल्याउने प्रयासहरू विफल भएपछि अब ग्यान्ट्सलाई नै सरकार निर्माणको प्रयास गर्न आह्वान गरिनेछ।

सरकार बनाउने आफ्नो प्रयासहरू छोडिदिने घोषणा गर्दै नेतान्याहुले आफूले गठबन्धन सरकारका लागि बारम्बार प्रयास गरेको तर त्यो अस्वीकृत भएको बताए।

इजरेलका राष्ट्रपति रुबिन रिभलिनले अब सरकार गठन गर्ने त्यस्तै प्रयासका लागि उनलाई २८ दिनको समय दिनेछन्। इजरेली-अरब सांसदहरूले मध्ये दक्षिणपन्थी गठबन्धन नेतृत्व गरेका ग्यान्ट्सलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

तर बहुमतका लागि आवश्यक ६१ सिटका लागि भने अझै एक दर्जनभन्दा बढी सिट भने अभाव नै हुनेछ।राष्ट्रपति रिभलिनले आफूले देशमा अर्को पनि चुनाव आह्वान गर्नु नपरोस् भन्ने प्रयास गर्ने बताएका छन्।

यो वर्षमात्रै इजरेलमा दुईपटक चुनाव भइसकेको छ।यदि ग्यान्ट्स पनि सरकार बनाउन विफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन तेस्रा उम्मेद्वारलाई आह्वान गर्नेछ।

गत सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टीले ३२ सिट जितेको थियो भने ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टीले ३३ जितेको थियो।राष्ट्रपति रिभलिनले पदमा रहेका हिसाबले सरकार गठनका लागि पहिला नेतान्याहुलाई छानेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाबाट भारतीय भिसा बन्द भएको दूतावासको घोषणा

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द गरेको

सिरियाली राष्ट्रपति चीन भ्रमणमा

सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका

अपदस्थ ग्याबोनी नेताका छोराविरूद्ध भ्रष्टाचारको अभियोग

अली बोन्गो ओन्डिम्बाका छोरा र ग्याबोनका अपदस्थ राष्ट्रपतिका केही सहयोगीलाई भ्रष्टाचारको अभियोग लगाएर

बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम घोषणा,

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास