थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि



थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्।

उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएका हुन्। एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ। उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा बताइएको छ।

राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए। उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ। मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्।

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।

पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो। उनी सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा कम्तिमा ७० जनाको मृत्यु

लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको

एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्दै

सेन्जेन । एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) का लागि

इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु

बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल