थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि



थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्।

उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएका हुन्। एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ। उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा बताइएको छ।

राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए। उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ। मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्।

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।

पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो। उनी सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

किएभ । रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा

चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

सिंगापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल

गाजामा स्वास्थ्य सामाग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठूलो