चिलीमा एउटा कारखानामा लुटेरा समूहले आगो लगाइदिँदा पाँच जनाको मृत्यु



चिलीको राजधानी स्यान्टिएगोमा विरोधप्रदर्शन चलिरहेका बेला लुटेराहरूले राजधानीनजिकै अवस्थित एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँच जनाको मृत्यु भएको छ।

मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्। मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन्।

अवस्था बिग्रँदै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ। राष्ट्रपति सेबास्टियन पीनेराले सरकारको प्रतिक्रियाको बचाउ गरेका छन्।

अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि बोल्दै उनले भने, “मलाई लाग्छ कि प्रजातन्त्रमा केवल अधिकार मात्रै हुँदैन, प्रजातन्त्रले प्रदान गर्ने सबै साधन प्रयोग गरेर आफ्नो बचाउ गर्नु पनि प्रजातन्त्र हो।”

शुक्रवार उनले देशका पाँचवटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेपनि देशभरि प्रदर्शन जारी छ। उक्त सङ्कटकालअन्तर्गत मानिसहरूलाई भेला हुन र आवतजावत गर्न रोक लगाइएको छ।

अगस्टो पिनोसेको तानाशाही शासन सकिएपछि सन् १९९० मा चिलीमा प्रजातन्त्रमा पुनर्स्थापना भएयता पहिलोपटक हजारौँ सैनिक र पानीका ट्याङ्करहरू राजधानी र अन्य सहरका सडकहरूमा पठाइएका छन्।

आइतवार लुटपाट र आगजनी निरन्तर भयो र प्रदर्शनकारीहरूले थप बस जलाए, मेट्रो स्टेशनहरूमा तोडफोड गरे र दङ्गा प्रहरीसँग झडप गरे।

राजधानी स्यान्टिएगोमा सबैजसो सार्वजनिक यातायात बन्द छन्, अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका उडानहरू रद्द भए र पसलहरू बन्द रहे।

शनिवार दुईवटा सुपरमार्केटमा भएका हमलामा तीन मानिसको ज्यान गयो।देशभरि १४ सय मानिसहरू थुनामा रहेका छन् भने अधिकारीहरूका अनुसार प्रहरीसँगको झडपपछि दुई जना गोली लागेर घाइते भएका छन्।

सार्वजनिक यातायातको भाडादरमा वृद्धि भएको विषयबाट उठेको उक्त अशान्तिमा शुक्रवारयता आठ जनाको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको स्वास्थ्य योजना कटौतीले आदिवासी समुदायमा असर

अमेरिका । अमेरिकाको सङ्घीय स्वास्थ्य कार्यक्रममा ठूलो कटौती भएपछि देशभरका आदिवासी समुदायका नेताहरू

बुल्गेरियाले सन् २०२६ देखि युरो मुद्रा अपनाउने

सोफिया ।  युरोपेली संघ (ईयू) ले बुल्गेरियालाई सन् २०२६ जनवरी १ देखि युरो

बेङ्गलुरुमा आईपीएलको विजय उत्सवमा भागदौड मच्चिदा ११ जनाको मृत्यु

बेङ्गलुरु । बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा

बङ्गलादेशको अन्तरिम सरकारद्वारा शेख मुजिबको स्वतन्त्रता सेनानीको मान्यता रद्द

ढाका । बङ्गलादेशले मुलुकका स्वतन्त्रता नेता शेख मुजिबुर रहमानसहित सन् १९७० को चुनाव