चीनले इथियोपियामा खोल्यो २२ करोड डलरमा कपडा कारखाना



चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ ।

कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा निर्यात गर्ने मुख्य उद्देश्यका साथ उक्त कारखाना स्थापना गरिएको जनाएको छ । इथियोपियाको पूर्वी डायर डावा शहरमा स्थापना गरिएको नवनिर्मित कारखानाको एक समारोहबीच उदघाटन गरिएको छ ।

कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्रा्ष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात गर्ने कम्पनीको तयारी छ ।

उक्सी टेक्स्टाइलका महाप्रबन्धक झाङ शेङमिङले कारखानाले तीन हजार ५०० लाई रोजगारी उपलब्ध गराउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाबाट भारतीय भिसा बन्द भएको दूतावासको घोषणा

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द गरेको

सिरियाली राष्ट्रपति चीन भ्रमणमा

सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका

अपदस्थ ग्याबोनी नेताका छोराविरूद्ध भ्रष्टाचारको अभियोग

अली बोन्गो ओन्डिम्बाका छोरा र ग्याबोनका अपदस्थ राष्ट्रपतिका केही सहयोगीलाई भ्रष्टाचारको अभियोग लगाएर

बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम घोषणा,

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास