ब्रिटेनमा ३७ वर्षपछि शनिवारका दिन संसद्‌ बैठक



ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इयूबाट ब्रिटेन बाहिरिने विषयमा केही दिन अघि उनले इयूसँग गरेको सहमतिले “मुलुकको उपचार हुने” भन्दै सांसदहरूलाई संसद्‍मा हुने मतदानमा उक्त सहमतिको समर्थन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट सहमतिमाथि मतदान गर्न शनिवार संसद्को बैठक बसिरहेको छ। ब्रिटेनमा शनिवारका दिन संसद्‌को बैठक बसेको यो ३७ वर्षपछिको पहिलो हो।

प्रधानमन्त्रीले आफूले इयूसँग गरेको सहमतिलाई समर्थन गर्न सांसदहरूलाई मनाउने प्रयत्न गरिरहेका छन्। उनका पूर्व डीयूपी समर्थक र विपक्षी दलहरूले उनको सहमतिविरुद्ध मतदान गर्ने योजना बनाइरहेका छन्।

ब्रेक्जिट मन्त्री स्टेफन बार्कलेले मतदानमा असाध्यै झिनो मतान्तर हुन सक्ने बताए। उनले सरकारले सबै पक्षका सांसद्को चासो सुनेको बताए।

उनले बीबीसी ब्रेकफाष्टलाई भने, “अब उक्त सहमति पारित गरेर मुलुकलाई अगाडि बढ्ने बाटो खोल्नु सांसदहरूको जिम्मेवारी हो।”

कम्तीमा नौजना लेबर सांसद्हरूले सरकारलाई समर्थन गर्ने ठानिएको छ। प्रधानमन्त्री गत महिना आफ्नो विपक्षमा गएका कारण कारबाही गरेका २१ जना टोरी सांसदमध्ये केहीले आफूलाई समर्थन गर्ने आशामा छन्।

सन् १९८२ मा फकल्यान्ड युद्धका बेला शनिवार संसद्को बैठक डाकिएको थियो। त्यसयता पहिलोपटक ब्रेक्जिटबारे प्रधानमन्त्रीले युरोपेली सङ्घसँग केही दिनअघि गरेको सहमतिबारे मतदान गर्न संसद्को बैठक आह्वान गरिएको हो।

कुनै पनि बुँदामा हुने मतदान सभामुख जोन बर्काउले कुन संशोधनलाई पहिला ठाउँ दिनेछन् भन्नेमा भर पर्नेछ। सबभन्दा महत्वपूर्ण र विवादास्पद संशोधन पूर्व टोरी सांसद सर ओलीभर लेटविनको छ। उनी अहिले स्वतन्त्र सांसद छन्।

सांसदहरूले एउटा कानुन पारित नगरेसम्म प्रधानमन्त्रीको पछिल्लो सहमति पारित हुन नसक्ने उनको संशोधनमा छ। यदि यो संशोधन पारित भयो भने त्यसले ब्रेक्जिटलाई ३१ अक्टोबरको समयसीमाबाट अझ पछाडि धकेल्न प्रधानमन्त्रीलाई बाध्य बनाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा