चिलीको राजधानीमा अशान्ति मच्चिएपछि सङ्कटकाल घोषणा



मेट्रो रेलको टिकटको मूल्य बढाइएको विरोधमा भएका प्रदर्शनहरू हिंसात्मक बनेपछि चिलीको राजधानी स्याटीएगोमा सङ्कटकाल घोषणा गरिएको छ।

प्रदर्शनकारीहरू धेरैजसो माध्यमिक तह र विश्वविद्यालयका विद्यार्थीहरू थिए। प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका, आगो लगाइदिएका र ट्राफिक अवरुद्ध पारिदिएका थिए। जसका कारण ठूलो क्षति पुगेको र हजारौँ यात्रुहरूले सवारी साधन पाउन नसकेको बताइएको छ।

टेलिभिजनमा प्रसारित दृष्यहरूमा प्रदर्शनकारीले ढुङ्गा हानेको, प्रहरी वाहनमा आक्रमण गरेको र कम्तीमा एउटा बस जलाइदिएको देखाइएको छ।

दङ्गा नियन्त्रक प्रहरीले कैयौँ दिनदेखि मूल्यवृद्धिको विरोध गर्दै आएका केही प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र लाठी प्रयोग गरेका थिए।

यो प्रदर्शनले देशमा रहेको गहिरो विभाजन बाहिर ल्याइदिएको ठानिएको छ। चिली ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भएपनि यहाँ धनी र गरिबबीच ठूलो असमानता रहेको छ।

खासगरि ६० लाख मानिस बसोबास गर्ने स्यानटियागोको महँगीबारे गुनासो बढ्दो थियो र आर्थिक सुधारको माग उठिरहेको थियो। टेलिभिजनमा बोल्दै राष्ट्रपति सेबास्टियन पीनेराले सार्वजनिक र व्यक्तिगत सम्पत्ति सुरक्षा गर्न र कानुनको शासन कायम राख्न सङ्कटकाल लगाउनुपरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जा भट्टीद्वारा सेवा सुरु

पेरिस । फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु, ६२ हजार घरमा क्षति

मापुटो । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको

अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा