चिलीको राजधानीमा अशान्ति मच्चिएपछि सङ्कटकाल घोषणा



मेट्रो रेलको टिकटको मूल्य बढाइएको विरोधमा भएका प्रदर्शनहरू हिंसात्मक बनेपछि चिलीको राजधानी स्याटीएगोमा सङ्कटकाल घोषणा गरिएको छ।

प्रदर्शनकारीहरू धेरैजसो माध्यमिक तह र विश्वविद्यालयका विद्यार्थीहरू थिए। प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका, आगो लगाइदिएका र ट्राफिक अवरुद्ध पारिदिएका थिए। जसका कारण ठूलो क्षति पुगेको र हजारौँ यात्रुहरूले सवारी साधन पाउन नसकेको बताइएको छ।

टेलिभिजनमा प्रसारित दृष्यहरूमा प्रदर्शनकारीले ढुङ्गा हानेको, प्रहरी वाहनमा आक्रमण गरेको र कम्तीमा एउटा बस जलाइदिएको देखाइएको छ।

दङ्गा नियन्त्रक प्रहरीले कैयौँ दिनदेखि मूल्यवृद्धिको विरोध गर्दै आएका केही प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र लाठी प्रयोग गरेका थिए।

यो प्रदर्शनले देशमा रहेको गहिरो विभाजन बाहिर ल्याइदिएको ठानिएको छ। चिली ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भएपनि यहाँ धनी र गरिबबीच ठूलो असमानता रहेको छ।

खासगरि ६० लाख मानिस बसोबास गर्ने स्यानटियागोको महँगीबारे गुनासो बढ्दो थियो र आर्थिक सुधारको माग उठिरहेको थियो। टेलिभिजनमा बोल्दै राष्ट्रपति सेबास्टियन पीनेराले सार्वजनिक र व्यक्तिगत सम्पत्ति सुरक्षा गर्न र कानुनको शासन कायम राख्न सङ्कटकाल लगाउनुपरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा भाङ उत्पादनलाई कानुनी मान्यता

जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ 

साउदी अरबको बजेट घाटा हुने प्रक्षेपण

साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

  चीनले नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ