अमेरिकी सिनेटका रिपब्लिकन नेताद्वारा ट्रम्पको आलोचना



अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भनेका छन्- राष्ट्रपतिको निर्णयले वाशिङ्टनका शत्रुहरूलाई बलियो बनाउने छ, अमेरिकाको गठबन्धनलाई कमजोर बनाउने छ र अमेरिकीहरूलाई थप असुरक्षित बनाउनेछ।

म्याक्कोनेलले द वाशिङटन पोष्टमा लेखमार्फत त्यस्तो प्रतिक्रिया दिएका हुन्। आलोचकहरूले सिरियामा इस्लामिक स्टेट लडाकुहरू विरुद्ध लड्ने काममा अमेरिकालाई सघाएका कुर्द नेतृत्वको फौजको साथ छोडेको आरोप लगाएका छन्।

तर ट्रम्पले आफ्नो निर्णयले ‘हजारौँ हजारको’ जीवन बचाएको दोहोर्‍याएका छ्न्।  गत बुधवार राष्ट्रपति ट्रम्पले टर्की सिरिया सीमा अमेरिकाका लागि “रणनीतिक रूपमा अति राम्रो रहेको” भनेका थिए।

अमेरिकाको सक्रियतामा युद्धविराम घोषणा गरिए पनि उक्त क्षेत्रमा छिटपुट लडाइ भइरहेको छ। सम्झौतामा टर्की पाँच दिनसम्म उसको कारबाही रोक्न सहमत बनेको थियो त्यसबेला कुर्द लडाकुहरू उक्त क्षेत्रबाट बाहिरिनेछन्।

ट्रम्पले उक्त सीमा क्षेत्रबाट अमेरिकी फौज हटाएपछि अङ्काराले पहिलो आक्रमण सुरु गरेको थियो। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले कुर्द लडाकुलाई -जसलाई टर्कीले आतङ्ककारी भन्छ- उत्तरी सिरियाबाट हटाउन र हाल टर्कीमा रहेका २० लाख सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउन ‘सुरक्षित क्षेत्र’ बनाउने लक्ष्य राखेका छन्।

युद्ध सुरु भएयता तीन लाखसम्म मानिसहरू आफ्न घर छोडेर हिँडेका र टर्कीको कारबाहीका कारण त्यहाँका कुर्द जनसङ्ख्याको जातीय सफाया हुने त्रासहरू व्यक्त गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध तत्काल अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका

इजरायलमाथि टर्कीका राष्ट्रपतिको आक्रोश, ‘हात भाँचिदिने’ चेतावनी

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इजरायलको ‘हात भाँचिदिने’ चेतावनी दिएका छन् । नमाज

इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु

इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

चीनका राष्ट्रपति सी चिनफिङले चीनको विशाल पानी डाइभर्सन परियोजनाको निरीक्षण पश्चात शुक्रबार बेइजिङमा