अमेरिकी सिनेटका रिपब्लिकन नेताद्वारा ट्रम्पको आलोचना



अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भनेका छन्- राष्ट्रपतिको निर्णयले वाशिङ्टनका शत्रुहरूलाई बलियो बनाउने छ, अमेरिकाको गठबन्धनलाई कमजोर बनाउने छ र अमेरिकीहरूलाई थप असुरक्षित बनाउनेछ।

म्याक्कोनेलले द वाशिङटन पोष्टमा लेखमार्फत त्यस्तो प्रतिक्रिया दिएका हुन्। आलोचकहरूले सिरियामा इस्लामिक स्टेट लडाकुहरू विरुद्ध लड्ने काममा अमेरिकालाई सघाएका कुर्द नेतृत्वको फौजको साथ छोडेको आरोप लगाएका छन्।

तर ट्रम्पले आफ्नो निर्णयले ‘हजारौँ हजारको’ जीवन बचाएको दोहोर्‍याएका छ्न्।  गत बुधवार राष्ट्रपति ट्रम्पले टर्की सिरिया सीमा अमेरिकाका लागि “रणनीतिक रूपमा अति राम्रो रहेको” भनेका थिए।

अमेरिकाको सक्रियतामा युद्धविराम घोषणा गरिए पनि उक्त क्षेत्रमा छिटपुट लडाइ भइरहेको छ। सम्झौतामा टर्की पाँच दिनसम्म उसको कारबाही रोक्न सहमत बनेको थियो त्यसबेला कुर्द लडाकुहरू उक्त क्षेत्रबाट बाहिरिनेछन्।

ट्रम्पले उक्त सीमा क्षेत्रबाट अमेरिकी फौज हटाएपछि अङ्काराले पहिलो आक्रमण सुरु गरेको थियो। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले कुर्द लडाकुलाई -जसलाई टर्कीले आतङ्ककारी भन्छ- उत्तरी सिरियाबाट हटाउन र हाल टर्कीमा रहेका २० लाख सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउन ‘सुरक्षित क्षेत्र’ बनाउने लक्ष्य राखेका छन्।

युद्ध सुरु भएयता तीन लाखसम्म मानिसहरू आफ्न घर छोडेर हिँडेका र टर्कीको कारबाहीका कारण त्यहाँका कुर्द जनसङ्ख्याको जातीय सफाया हुने त्रासहरू व्यक्त गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक