अफगानिस्तानको मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु



अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन्।

मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन्। उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन।

तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो।

राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो। जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो।

बीबीसीले अगस्ट महिनामा भएका प्रत्येक हत्याको अभिलेख राख्ने प्रयास गरेको थियो र त्यसक्रममा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये पाँचमध्ये एकजना गैरसैनिक रहेको खुलेको थिए।

प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले विस्फोटनका कारण प्रार्थाना गर्न जम्मा भएका थप ३६ जना घाइते भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसको एक कारखानामा आगलागी हुँदा १५ जनाको मृत्यु

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान

बोको हरामद्वारा नाइजेरियामा ३० बालबालिका अपहरित

नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र

रातु विलियम फिजीको नयाँ राष्ट्रपति निर्वाचित

फिजीमा नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ