अमेरिकासँगको वार्तापछि सिरियामा युद्धविराम गर्न टर्की सहमत



उत्तरी सिरियामा कुर्द नेतृत्वको फौज पछाडि हट्न सक्नेगरी युद्धविराम गर्न टर्की सहमत भएको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन्। अङ्करामा उपराष्ट्रपति पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफलहरू भएपछि यस्तो भनाइ बाहिर आएको हो।

सम्पूर्ण सैन्य कारबाहीहरू पाँच दिनको लागि रोकिएको छ र अमेरिकाले कुर्दहरूलाई व्यवस्थित ढङ्गबाट फिर्ता गर्न सघाउनेछ। सीमा क्षेत्रमा टर्कीले ‘आफ्नो सुरक्षित क्षेत्र’ बनाउन चाहेको ठाउँबाट अमेरिकाले कुर्दहरूलाई हटाउनेछ।

टर्कीले युद्धविराम गर्ने कुरा उपराष्ट्रपति पेन्सले भन्दा पहिले राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्विटमार्फत बताएका थिए। उनले लेखेका थिए: “दशौँ लाख जीवनहरूको रक्षा हुनेछ। ”

त्यसको केहीपछि उनले भनेका छन्: “यस्तो सम्झौता तीन दिनअघि कसैगरी हुन सक्दैनथ्यो। यसो हुनका लागि केही ‘चर्को’ प्रेमको खाँचो पर्‍यो। सबैलाई राम्रो भयो। सबैप्रति गर्व गर्छु।”

यसअघि टर्कीले हमला सुरु गरेकै दिन ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई लेखिएको एउटा पत्र सार्वजनिक भएको थियो।

जसमा ट्रम्पले उनलाई ‘कडा र मुर्ख व्यक्ति नहुन’ लेखेका थिए। पेन्सले आफ्नो घोषणाको बेला त्यसको श्रेय डोनल्ड ट्रम्पको ‘बलियो नेतृत्व’लाई दिँदै राष्ट्रपतिले ‘युद्धविराम चाहेको र हिंसा रोक्न चाहेको’ बताएका थिए।

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले पत्रकारहरूसँग कुरा गर्दै सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ)ले सीमा क्षेत्र छाडेपछि मात्र सैन्य हमला स्थायी रूपमा रोकिने बताए।

“हामीले कारबाही रोकेका हौँ, अन्त्य गरेका होइनौँ,” उनले भने। “त्यस क्षेत्रबाट (कुर्द बल) पूर्ण रूपमा पछाडि हटेपछि मात्र हामीले हमला अन्त्य गर्नेछौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार