विरोधका कारण हङ्‍कङकी प्रमुख कार्यकारीको वार्षिक सम्बोधन स्थगित



संसद्‍मा चर्को विरोध भएपछि हङ्‍कङकी प्रमुख कार्यकारी क्यारी लाम आफ्नो वार्षिक सम्बोधन स्थगित गर्न बाध्य भएकी छन्।

लामले सम्बोधन गर्ने संसद्‍को बैठकमा विपक्षी सांसदहरूले होहल्ला र नाराबाजी गरेका थिए। अवरूद्ध भएको संसद् बैठक पुन: सुरु गरिएपनि फेरि अवरोध उत्पन्न भएको थियो।

त्यसपछि संसद् बैठक स्थगित गरियो र लामले भिडिओ सन्देशमार्फत आफ्नो धारणा राखेकी थिइन्। संसद् अवरुद्ध हुनुको अर्थ महिनौँ विरोधप्रदर्शन निम्त्याएको सुपुर्दगीसम्बन्धी विधेयक औपचारिक रूपमा फिर्ता हुन पाएन।

जुलाईमा नै उक्त विधेयक अघि नबढाउने निर्णय गरिएको भएपनि हङ्‍कङ सरकारले सो विधेयक औपचारिक रूपमा फिर्ता लिएको छैन। लेगको भनिने विधायकी परिषद्को बैठक आन्दोलनकारीहरूले संसद् भवनभित्रै जुलाई महिनामा प्रदर्शन गरे यता पहिलो पटक बस्न लागेको थियो।

प्रमुख कार्यकारी लामले आफ्नो सम्बोधन सुरु गर्नै लाग्दा विपक्षी सांसदहरू होहल्ला गर्दै टेबलमाथि चढेका थिए। “पाँच माग – एउटा पनि कम होइन” भन्ने सन्देश उनीहरूले लामको पछाडितिरको भित्तामा देखाएका थिए।

सुपुर्दगी विधेयकका कारण सुरु भएको आन्दोलन विस्तार भएको छ र बालिग मताधिकार सहित पाँचवटा माग राखिएको छ।

विपक्षी सांसद तान्या चानले हङ्‍कङको तनावका लागि लाम जिम्मेवार रहेको बताइन्। उनले भनिन्, “उनको हात रगतले भिजेको छ। हामी आशा गर्छौँ कि क्यारी लामले त्यसलाई फिर्ता लिनेछिन् र पद छाड्नेछिन्।”

“उनीसँग शासन गर्ने क्षमता छैन। उनी प्रमख कार्यकारी हुन योग्य छैनन।” यो हङ्‍कङकी प्रमुख कार्यकारीले संसद्‍मा नीतिगत सम्बोधन गर्न नसकेको पहिलो घटना हो।

संस्थापन पक्षधर सांसदहरूले संसद्‍को बैठक अवरुद्ध गरिएकोमा निन्दा गर्दै त्यो सम्बोधन हङ्‍कङको आर्थिक भविष्यका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। संसद्‍को बैठक स्थगित गरिएपछि सुरुमा नै रेकर्ड गरिएको लामको सम्बोधन वेबसाइटमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी सहायता कटौतीले अफगानिस्तानमा लाखौं मानिसलाई भोकमरीको खतरा

काबुल । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस

तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित

बेइजिङ । चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

सुडान । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

बेइजिङ । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक