स्पेनमा पृथक्तावादी नेताहरूलाई जेल हालेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप



स्पेनले क्याटलान पृथक्तावादी नेताहरूलाई जेल हालेपछि स्वतन्त्र क्याटलोनियाको पक्षमा हजारौँ मानिसहरूले बार्सिलोनामा प्रदर्शन गरेका छन्।

दोस्रो दिनको विरोधप्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्तहरू भए। प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगो बाले तथा सरकारी कार्यालयहरूमा पस्ने प्रयास गरे।

सोमवार नौ पृथक्तावादी नेताहरूलाई जेल हालिएको थियो। त्यसपछि त्यहाँ आन्दोलन चर्किएको छ।

क्याटलोनियाको क्षेत्रीय सरकारका प्रवक्ताले सरकारको ती प्रदर्शनकारीप्रति सहानुभूति भएको र उनीहरूको आक्रोश बुझेको बताएका छन्।

स्पेनका अधिकारीहरूले अशान्ति मच्चाउने कामको संयोजन कसले गरिरहेको छ त्यसको अनुसन्धान भइरहेको बताएको छ।

प्रदर्शनकारीहरूले एउटा मोबाइबल एप प्रयोग गरिरहेको बताइएको छ। त्यो एपले उनीहरूलाई विभिन्न सहरमा आन्दोलन गर्ने ठाउँको दिशानिर्देश गर्छ।

बार्सिलोनामा सरकारी भवनहरूमा बलपूर्वक छिर्न खोज्ने आन्दोलनकारीहरूलाई तितरबितर पार्न दङ्गा प्रहरीले अश्रुग्यास प्रहार तथा बल प्रयोग गरेको थियो।

त्यहाँ तीन जनालाई पक्राउ गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार नौ जनालाई औषधोपचार गर्नु‍परेको थियो। गिरोना र टार्रागोना सहरमा पनि प्रदर्शनहरू भएका थिए।

क्याटलान क्षेत्रीय सरकारमा आफ्नो स्वतन्त्रता पक्षधरको नियन्त्रण छ। उनीहरूले स्पेनबाट छुट्टिनका लागि नयाँ जनमतसङ्ग्रहका लागि दबाव दिइराख्ने बताएका छन्।

स्पेनको सर्वोच्च अदालतले सोमावार नौ क्याटलान नेताहरूलाई नौदेखि १३ वर्षको कारावास सजाय सुनायो। त्यसपछि विरोधप्रदर्शन सुरु भयो।

ती पृथक्तावादी नेताहरूलाई सन् २०१७ मा भएको जनमतसङ्ग्रह गरेर राज्यद्रोह गरेको अभियोग लगाइएको थियो। स्पेनले उक्त जनमतसङ्ग्रह अवैधानिक भएको दाबी गरेको थियो। सर्वोच्च अदालतने उनीहरूलाई ती अभियोगमा दोषी ठहर गर्‍यो। अरू तीन जनालाई जेल सजाय नभए पनि उनीहरूले अवज्ञा गरेको ठहर गर्दै जरिबाना सुनाइयो।

सजाय सुनाइएका सबै जनाले आफूविरुद्ध लगाइएको अभियोग अस्वीकार गरेका थिए। स्वतन्त्र क्याटलानको वकालत गर्ने एउटा दलका भूतपूर्व उपनेता जूआन टार्डाले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

ट्विटरमा उनले अल्पसङ्ख्यकहरूको हिंसात्मक गतिविधि र अनियन्त्रित प्रहरी बल स्वतन्त्रताका लागि घातक हुने उल्लेख गरेका छन्।

सोमवार हजारौँ प्रदर्शनकारीहरूले बार्सिलोनाको एल प्राट विमानस्थल जाने बाटो छेकेका थिए। त्यस कारण १०० वटाभन्दा बढी उडानहरू स्थगित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’