सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रह टर्कीद्वारा अस्वीकार



टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई अस्वीकार गरिदिएका छन्।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहँदा एर्दोआनको त्यस्तो भनाइ आएको हो।

एर्दोआनले यस विषयमा रुससँग समेत कुरा गरेका छन्। क्रेम्लिनले सिरियाली सेनामाथि आक्रमण हुन नदिने बताएको छ।

सिरियाका लागि मस्कोका विशेषदूत अलेक्जान्डर लभ्रेन्तेभले सैन्य आक्रमण “अस्वीकार्य” भएको बताएका छन्। सिरियाली नेता बशर अल असदको रुस मुख्य सैन्य साझेदार हो।

सन् २०१५ यता सिरियामा रुसी सेना परिचालित छ। रुसी रक्षा मन्त्रालयका अनुसार उसका सेनाहरूले सिरिया र टर्कीका सेनाको जम्काभेट हुन सक्ने ठाउँमा गस्ती गरिरहेको छ।

युद्ध रोक्ने उपायबारे छलफल गर्न अङ्करासँग आफू सम्पर्कमा रहेको मस्कोले जनाएको छ। गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको बताइन्छ।

तर मङ्गलवार अबेर पेन्टागनले आफ्ना लडाकु विमान र हेलिकप्टर त्यसतर्फ पठाएको बताइएको छ।

सिरियाको ऐन इस्सामा रहेका आफ्नो स्थलसेनानजिक टर्कीसमर्थित फौज पुगेपछि त्यसो गरिएको अमेरिकाले जनाएको छ। एक अमेरिकी सैन्य अधिकारीका अनुसार टर्कीसमर्थित फौजले अमेरिकी सेनालाई तारो नबनाउने सम्झौताको उल्लङ्घन गरेको छ।

सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा कोरोना संक्रमणदर घट्दै,मृत्यु हुनेको संख्या भने घटेन,दैनिक ४ हजारको मृत्यु

भारत । कोरोना भाईरसको दोस्रो लहरको संक्रमणका कारण ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक

बङ्गलादेशमा मे २३ सम्म लकडाउन

बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी

दुई पक्षबीचको गोली हानाहानमा पाकिस्तानको सिन्ध प्रान्तमा ९ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ

भारतमा कोरोना संक्रमणदरमा कमी, मृत्युदर भने उस्तै

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप